प्रेस विज्ञप्ति

काठमाडौं, २४ फाल्गुन २०७१ – बाराको कलैयामा फाल्गुण ८ गते साँझ बेपत्ता पारिएकी ६ वर्षीया बालिका ९ गते विहान वलात्कार पश्चात अचेत अवस्थामा फेला परी १४ दिन देखि कान्ति बाल अस्पतालको पीआइसीयु कक्षमा उपचार कै क्रममा आइतबार निधन भएको घटनाले बालअधिकारको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय गै.स.सं.हरुको सञ्जाल ‘बालबालिका शान्तिक्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान’ (सीजप)को गम्भीर ध्यानाकर्षण भएको छ । 

उक्त घटनाको सन्दर्भमा बिभिन्न सरोकारवाला निकायले घटनास्थलमा पुगी अनुगमन पनि गरिसकेको अवस्था छ । यद्यपि, नेपाल सरकारले सत्यतथ्य कुरा खुलाउन सकिरहेको छैन, जसका कारण उक्त घटनाप्रति नेपाल सरकारले कुनै प्रभावकारी कदम चाल्न उदासिन रहेको देखाउँछ । यस घटनाले नेपालको अन्तरिम संविधान, २०६३ ले प्रत्यायोजन गरेको मौलिक हकको हनन हुनुको साथै विभिन्न बालअधिकार÷मानवअधिकार सम्बन्धी अन्तराष्ट्रिय दस्तावेजहरुमा नेपालले जाहेर गरेको प्रतिबद्धताको समेत हनन भएको छ । 

यस्तो घटना नेपालमा पहिलो पटक घटेको होइन । पहिले पनि विभिन्न ठाउँहरुमा यस्ता घटनाहरु घटिरहेका छन् । यसरी बालबालिका बिभिन्न हिंसामा परिरहेका तथा बालिकाको मृत्यु भईरहेको अवस्थामा पनि नेपाल सरकारले दोषीलाई कारवाही गर्ने तथा पीडितलाई उचित न्यायको व्यवस्था गर्न उदासिन भईबसेको प्रति ‘बालबालिका शान्तिक्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान’ (सीजप) खेद प्रकट गर्दछ । तसर्थ, घटनाको वास्तविक सत्यतथ्य कुरा यथासक्य चाँडो सार्वजनिक गरी दोषीलाई कारवाहीको दायरामा ल्याई पीडित परिवारलाई न्याय प्रदान गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौं । 

यसका साथसाथै यस घटनाप्रति संवेदनशील भई सम्बन्धित निकायलाई जिम्मेवार बनाई पीडितलाई न्याय तथा दोषीलाई कारवाही गर्न उदासिन रहेको सरकारलाई दवाब दिनको लागि बालअधिकारको क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुसँग ‘बालबालिका शान्तिक्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान’ अनुरोधका साथ अपिल गर्दछ ।

 

 

 

 

 

afnaflnsf zflGtIf]q tyf afn;+/If0f /fli6«o cleofg -;Lhk_